७ वैशाख २०८१ शुक्रबार
खेल

प्रिमियर लिगमा टोटनह्यामको प्रभावशाली जित

इङल्याण्ड – इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ ।

लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा टोट्नह्यामको जितमा  २६ औं मिनेटमा सन हिउङ मिन, ४७ र ५९ औं मिनेटमा ह्यारी केन तथा ८१ औं मिनेटमा क्रिश्चियन एरिक्सनले गोल गरेका थिए । 

जितसँगै टोट्नह्याम ४४ अंक जोडदै तालिकाको पाँचौं स्थानमा यथावत छ । लिभरपुलसँग समान अंक भएपनि टोट्नह्याम गोल अन्तरका आधारमा पछि छ । 

उता साबिक विजेता चेल्सी भने गएराति सम्पन्न खेलमा लेष्टर सिटीसँग गोलरहित बराबरीमा राकिएको छ । खेलको ६८ औं मिनेटमा बेन चिलवेल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेष्टर १० खेलाडीमा सीमित भएको थियो । तर त्यसको फाइदा लिन नसक्दा चेल्सी बराबरीमा रोकिन बाध्य भएको हो । बराबरीसँगै चेल्सीले दोस्रो स्थानमा उक्लिने अवसर समेत गुमाएको छ ।

लिगअन्तर्गत रातिनै सम्पन्न अन्य खेलहरुमा वेष्टह्याम युनाईटेडले हडल्सफिल्ड टाउनलाई ४–१, वेष्ट ब्रोमले ब्राईटनलाई २–० र क्रिष्टल प्यालेसले बर्नलेलार्ई १–० ले पराजित गरेका छन ।  यता वाट्फोर्ड र साउथह्याम्पटनले २–२ तथा न्युकासल युनाईटेड र स्वान्सी सिटीले १–१ को बराबरी खेल्दै अंक बाडेका छन् । 

प्रकाशित: ३० पुस २०७४ ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App