१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ला लिगा फुटबलमा रियल मड्रिड पराजित

स्पेन – रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग पराजित भएको छ।  लिगमा पछिल्लो समय खराब प्रदर्शन गर्दै आएको रियल शनिबार राति आफ्नै मैदानमा सम्पन्न खेलमा भिल्लारियलसँग १–० ले स्तब्ध भएको हो।

भिल्लारियलको जितमा खेलको ८७ औं मिनेटमा पाब्लो फोर्नाल्सले कर्नर किकमा गरेको गोल नै निर्णयक बन्यो। खेल अवधिभर रियल मड्रिडले गोल गर्ने केहि सुन्दर मौका बनाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो। रियलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलले पाएका केहि अवसरलाई जाली चुमाउन असमर्थ रहे। 

पराजित भएको रियल १८ खेलबाट ३२ अंकसहित लिगको चौथो स्थानमा छ । ३१ अंक सहित भिल्लारियल पाँचौं स्थानमा छ । हारसँगै रियल मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा १६ अंकले पछि रहेको छ । १९ खेलबाट ४२ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ। 

एथ्लेटिको मड्रिडले राति सम्पन्न खेलमा केभिन गमैरियोको निर्णायक गोलमा एइबरलाई १–० ले हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। जितसँगै एथ्लेटिकको मड्रिडले पहिलो स्थानको बार्सिलोना भन्दा ६ अंकले मात्र पछि परेको छ। शिर्ष स्थानको बार्सिलोनाको १८ खेलबाट ४८ अंक छ । त्यस्तै तेस्रो स्थानको भ्यालेन्सियाको १९ खेलबाट ४० अंक छ।

यता रातिनै सम्पन्न अन्य खेलमा जिरोनाले लास पालमसलाई ६–० को फराकिलमे गेलअन्तरले हराउदा भ्यालेन्सियाले डिप्रोटिभो डि ला कोरुनामाथी २–१ ले जित निकाल्यो।

 

प्रकाशित: ३० पुस २०७४ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App