भ्रष्टाचार मुद्दामा ल्हारक्यालसँग १ करोड धरौटी माग

बुधबार, २६ साउन २०७३, १७ : ३५ दुर्गा दुलाल  | @DulalDp

0


काठमाडौं— विशेष अदालतले विवादास्पद तथा निलम्वित माओवादी केन्द्रका सांसद ल्हारक्याल लामासँग १ करोड धरौटी माग गरेको छ। गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पहिलो सुनुवाई गर्दै बुधबार विशेषले उक्त रकम धरौटी माग गरेको हो।

विशेष अदालतका न्यायाधीशहरु मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको इजालशले लामासँग उक्त रकम धरौटी माग गरेको हो। लामाले विभिन्न पटक सार्वजनिक पद धारण गरी ९ करोड २४ लाख बराबर सम्पत्ति गैरकानुनी रुपमा संकलन गरेको भन्दै अख्तियारले वैशाख ३० गते मुद्दा दायर गरेको थियो।

गुम्बा व्यवस्थापन समितिको अध्यक्ष, पूर्व अर्थ राज्यमन्त्री र माओवादी केन्द्रका सांसदसमेत रहेका लामा विभिन्न समयमा विवादमा आइरहेका छन्। लामाले सार्वजनिक पद धारण गरेदेखि २९ करोड ७९ लाख १४ हजार रुपैयाँबराबरको सम्पत्ति आर्जन गरको अख्तियारको अनुसन्धानले देखाएको थियो।

त्यसमध्ये लामाले दाबी गरेको स्रोत हेर्दा २० करोड ३४ लाख ४९ हजार रुपैयाँ बराबरको सम्पत्तिको मात्र स्रोत खुलेको देखिएको अख्तियारको आरोपपत्रमा दावी गरिएको थियो। बाँकी चलअचल सम्पत्ति सार्वजनिक पदको दुरुपयोग गरी आर्जन गरेको अख्तियारको अभियोग पत्रमा दाबी थियो। लामाले आजै बैंक ग्यारेन्टीमार्फत आफ्नो धरौटी वुझाउने तयारीसमेत गरेका छन्।







यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

fix ad for sagoon