coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

लगातार तेस्रो हार

काठमाडौं–पहिलो पटक सहभागिता जनाएको दृष्टिविहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपालले श्रीलंकालाई शनिबार सम्पन्न खेलमा ३ सय ३९ रनको फराकिलो नतिजा सुम्पिएको हो ।

श्रीलंकाले दिएको ४ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३३.४ ओभरमा १ सय ५५ रनमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ४० ओभरमा ५ विकेट गुमाउँदै ४ सय ९५ रनको योगफल खडा गरेको थियो । श्रीलंकाका डिमुथ रवीन्द्रले अविजित १ सय ७० र चन्दन देशप्रियाले अविजित १ सय १९ रन जोडे ।

नेपालले यसअघि पहिलो खेलमा आयोजक पाकिस्तानलाई ९ र दोस्रो खेलमा बंगलादेशलाई ४ विकेटको नतिजा सुम्पिएको थियो ।
नेपालले आइतबार भारत र सोमबार अस्ट्रेलियाको सामना गर्दै छ ।

 

प्रकाशित: ३० पुस २०७४ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App