नारायणगढ मुग्लिन सडक चार दिन चौबिसै घण्टा खुल्ने

शनिबार, २९ पुष २०७४, १९ : १७ रमेशकुमार पौडेल

चितवन- रातमा छ घण्टा बन्द हुने गरेको निर्माणधिन नारायणगढ मुग्लिन सडक आज शनिबारदेखि चार दिन चौबिसै घण्टा सञ्चालन हुने भएको छ। चितवन जिल्ला ट्राफिक कार्यालयले शनिबार सूचना जारी गरेर सो जानकारी गराएको हो। माघे संक्रान्तिको समय परेका कारण बाटो चौबिसै घण्टा खुला हुने बताइएको छ।

 ‘पुस २९, ३० र माघ एक तथा दुई गते नारायणगढ मुग्लिन सडक सातमा पनि खुला नै रहनेछ’ चितवन जिल्ला ट्राफिक कार्यालयले निकालेको सूचनामा उल्लेख छ । सडक निर्माणलाई तिब्रता दिनभन्दै पुस १८ गतेदेखि रातको १० बजेदेखि बिहानपख चार बजेसम्म सडक बन्द हुने गरेको थियो ।

                माघे संक्रान्तिमा चितवन र तनहुँमा रहेको देवघाटधाममा नुहाउन देशका विभिन्न ठाउँ लगायत भारतसम्मका भक्तहरु आउँछन् । त्रिशुली र काली गण्डकीको संगम स्थल देवघाटधाममा नुहाउनेहरु लाखौं हुन्छन् । देवघाट नुहाउन आउनेहरुका कारण गाडीको चाप अरु बेलाको भन्दा निकै नै बढ्ने गर्छ । त्यसैले बाटो बन्द नगरेको अधिकारीहरुले बताएका छन्।

                देशको राजधानी काठमाडौंको जीवन रेखा मानिएको सो सडकमा दैनिक १० हजारको हाराहारीमा गाडी गुड्छन् । सो सडक खण्डलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउन सन् २०१५ को अप्रिलदेखि काम सुरु भएको हो । तर अहिलेसम्म लगभग दुई तिहाई काम मात्रै सकिएको छ। ३६ किलो मिटर सो सडक पार गर्न घण्टौं लाग्ने गर्छ।

               

 

 

 

 








यसमा तपाईको मत

अन्य समाचार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

Ncell Footer Ad