६ वैशाख २०८१ बिहीबार
कला

दमकमा ‘सा कर्णाली’

काठमाडौू- सांगीतिक व्याण्ड नेपथ्यले दमकमा शुक्रबार कन्सर्ट गरेको छ। यति बेलै दमक महोत्सव पनि आयोजना गरिरहेको यो उत्सवमय सहरको ठूलो हिस्सा शुक्रबार कन्सर्टमा उपस्थिती जनाउन स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयको प्रांगणमा भेला भएको थियो।

दमकमा यो सँगै नेपथ्य चौथो पटक उपस्थित भएको हो। यसभन्दा अघिल्ला तीनवटै कन्सर्ट हलहरुमा आयोजना गरेको नेपालकै प्रसिद्ध लोक–रक ब्याण्डले यसपाला दमकमा पहिलोपटक खुला आकास मुनी आफुलाई उभ्याएको थियो।

कन्सर्टको सुरुवात नेपथ्यका दुइवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो। छिमेककै पहाडी सहर धनकुटाबाट उदाएका कवि तुलसी दिवसले वाल्यकालमै यसै भेगमा सिर्जना गरेको गीत हो ‘सम्झीराख’।

म्यूजिक भिडियोको लगत्तै मञ्चमा प्रवेश गरेको नेपथ्य टोलीले त्यसपछि सरुभक्त रचित ‘कुरुप अनुहार हो’ गीतबाट कार्यक्रम सुरुगरेको थियो। त्यसपछि ‘भेँडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो’हुँदै ‘आँगनै भरि’गाउने बेलामा गायक अमृत गुरुङले ब्याण्ड स्थापनाको बेलाका सम्झनाहरु सुनाए।

यति बेला आफ्नो स्थापनाको २५ औं वर्ष मनाइरहेको ब्याण्डले उसको त्यो पहिलो गीत सुनाउने बेला पृष्ठ भूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो।

प्रकाशित: २९ पुस २०७४ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App