‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

शनिबार, २९ पुष २०७४, १७ : ४३ नागरिक

काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि प्रयाप्त नभएको पौडेलले बताए।

‘पञ्चायती सत्ताबाट मारिएका छिन्ताङ र आँखीसल्लाका १६ जनालाई सहिद घोषणा गरेर सरकारले सकारात्मक कदम उठाएको छ,’ पौडेलले भने, ‘त्यतिमात्र प्रयाप्त छैन। पञ्चायतविरुद्धका आन्दोलनमा मारिएका सबैलाई न्याय गर्नुपर्छ । उनीहरुलाई पनि सहिद घोषणा गरीयोस्।’

एउटालाई न्याय गर्दा धेरै अन्यायमा पर्न नहुने तर्क गर्दै पौडेलले ओखलढुंगाको टिम्बुरबोटे देखि तत्कालीन समयमा पञ्चायतको बरबर दमनमा मारिएकालाई सहिद घोषणा गरेर परिवारलाई क्षेतीपूर्ति दिनुपर्ने बताए। ‘रामेश्वर, कुसेश्वरसहित धेरैले मुलुकमा लोकतन्त्र स्थापनमा र पञ्चायतकाविरुद्ध रगत बगाएका छन्,’ पौडेलले भने, ‘उनीहरुलाई पनि सरकारले न्याय गर्नुपर्छ।’

आन्दोलनमा लागेकै कारण धेरैको सम्पत्ती तत्कालीन सरकारले जफत गरेको र लुटीएको सुनाउँदै पौडेलले भने, ‘लुटीएका सम्पत्ती र्फिता हुनुपर्छ । होइन भने सरकारले क्षेतीपूर्ति दिनुपर्छ।’

२०३६ कात्तिक २४ देखि २९ गतेसम्म धनकुटाको खोकु छिन्ताङ र आँखीसल्लामा मारिएका १६ जनालाई मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनीहरूलाई सहिद घोषणा गरेको थियो।

खोकु, छिन्ताङ र आँखीसल्लामा २०२६/२७ सालदेखि नै सुरु भएको किसान आन्दोलनलाई तत्कालीन नेकपा मालेका कार्यकर्ता यम बराल, बम देवान, गोविन्द विकल र नेकपा माक्र्सवादीका नेता भक्त बोलना, रुपलाल राईलगायतले संगठित गरेका थिए। यो संघर्ष २०३५/३६ सालमा आएर राज्यसत्ताविरुद्धको आन्दोलनमा परिवर्तन भयो । सामन्ती सत्ताको प्रतीकका रुपमा स्थानीय धनी र धनसार भएकालाई कम्युनिस्ट कार्यकर्ताले कुटपिट र कारबाहीमा उत्रिपछि सरकारले १६ जनाको हत्या गरेको थियो।

 





यसमा तपाईको मत

अन्य समाचार

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

Ncell Footer Ad