coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शुक्रबार अत्यधिक उल्कावर्षा

काठमाडौं— स्विफ्ट टटर नामक पुच्छ्रेताराका कारण साउन २८ गते ययाती नामको उल्कावर्षा भारी मात्रामा हुनेछ। यो उल्कावर्षा साउन २ देखि नै सक्रिय रहेको खगोलविद्‌हरुले जनाएका छन्।

 साउन २८ को राति उत्तर तथा उत्तर-पूर्व आकाशमा उल्कावर्षा भएजस्तो देखिने नेपाल एस्ट्रोनिमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। 'अहिले वर्षाको मौसम छ साउन २७ देखि २९ सम्म मौसम सफा रहे उल्का वर्षा हेर्न सुनौलो मौका हुनेछ', भट्टराईले नागरिकन्युजसँग भने, 'यो पटक प्रतिघन्टा १०० वटासम्म उल्कावर्षा देख्न सकिनेछ।'

सूर्यलाई पृथ्वीले परिक्रमा गर्ने क्रममा पृथ्वी जब पुच्छ्रेतारा नजिक आइपुग्छ तब धुलोका कारण र चट्टानहरु तीब्र गतिमा वायुमण्डलमा ठोक्किएर जल्दछन्। यसैलाई खगोल विज्ञानमा उल्कावर्षा भनिन्छ।

उल्का वर्षा प्रतिसेकेन्ड ६० किलोमिटरसम्म हुने भएकाले करिब ७० किलोमिटर माथि पृथ्वीको वायुमण्डलमा घर्षण पैदा भई तारामाण्डलको जस्तो देखिन्छ। स्विफ्ट टटल पुच्छ्रेताराले पृथ्वीको परिक्रमा गर्न १३३ वर्ष लगाउँछ।

के हो उल्का वर्षा?

सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यसँग नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्छ। 'परिक्रमा गर्ने क्रममा पृथ्वी जब पुच्छ्रेतारा नजिक आइपुग्छ तब ती धुलोका कारण र चट्टानहरु तीब्र गतिमा वायुमण्डलमा ठोक्किएर जल्दछन्। यसैलाई खगोल विज्ञानमा उल्कावर्षा भनिन्छ', उनले भने।

अन्तरार्ष्ट्रिय एस्ट्रोनोमिकल युनियनले पृथ्वीको वरिपरि देखिने ताराहरुलाई समूहलाई ८८ वटा समूहमा विभाजन गरी नाम दिएको छ। उत्तर-पूर्वबाट उदाएर उत्तर-दक्षिणमा गएर अस्ताउने एउटा समूह ययाती हो।

उल्का वर्षालाई नेपाली जनजीवनमा तारा खसेको वा तारा पोइल गएको पनि भनिन्छ।

अहिले उल्का वर्षा गराउने स्विफ्ट टटल यसअघि १९९२ मा पृथ्वीको नजिक आएको थियो। अब यो पुच्छ्रेतारा ११० वर्षपछि पृथ्वीको नजिक आइपुग्ने भट्टराईले बताए।

'सर्वसाधारणका लागि उल्कावर्षा भएको हेर्नु रमाइलो पक्ष मात्र हो', उनले भने, खगोल विज्ञानको अनुसन्धानमा यसको ठूलो महत्व छ।'

उल्कावर्षालाई विश्वका विभिन्न मुलुकबाट खगोलविद्हरुको समूहले अा अाफ्नो रिपोर्ट बनाउँदैछन्। भट्टराईको समूहले नेपालबाट अवलोकन गरी त्यसको प्रतिवेदन अन्तरार्ष्ट्रिय मञ्चमा बुझाउँदैछ।

 

प्रकाशित: २६ श्रावण २०७३ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App