coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मनाङ अन्तिम चारमा


धनगढी - रक्षक कमल श्रेष्ठ घाइते भएर अस्पताल लानु परेको लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लबले शुक्रबार रुपान्देही ११ लाई ४–० ले हराउँदै सुदूर पश्चिम खप्तड गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

नियमित रक्षक कमल आफ्नै टोलीका गोलकिपर दिनेश थापा मगरसँग ठोक्किदा घाइते भएका थिए । ३३औं मिनेटमा मुखमा चोट लागेका कलमलाई उपचारका लागि अस्पताल लानु परेको थियो । कमल घाइते हुनु अघि भिक्टर एमोबीको गोलमा साबिक विजेता मनाङले २०औं मिनेटमा अग्रता लिएको थियो । गत सिजन भारतको आइ– लिग क्लब मिनेर्भबाट खेलका भिक्टोरले कप्तान अनिल गुरुङको पासलाई सदुपयोग गरेका थिए । म्यान अफ दी म्याच घोषित भिक्टोरले १० हजार रुपैयाँ नगद पुरस्कार जिते ।

वाई पाएर सिधै क्वार्टरफाइनलमा स्थान बनाएको मनाङले आत्मघाती गोल उपहार पाउँदा अग्रता दोब्बर बनायो । सुजल श्रेष्ठले गरेको प्रहार क्लियर गर्ने क्रममा रुपन्देहीका छिरिङ गुरुङले ५५औं मिनेटमा आफ्नै पोष्टमा गोल गरेका थिए । खेल सकिन दश मिनेट बाँकी रहँदा मनाङले दुई गोल थप्दै ४–० को सहज विजय हासिल ग¥यो । मनाङका लागि विशाल राईले ८२औं मिनेटमा तेस्रो गोल थपेका थिए । त्यसको एक मिनेट पनि बित्न नपाउँदै बैकल्पिक खेलाडी विमल रानाले अर्को गोल थपेका थिए ।

मनाङले अब शनिबारै फाइनल पुग्नका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले रुस्लान थ्री स्टार क्लबलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । अर्को सेमिफाइनलमा आयोजक सुदूर पश्चिम ११ स्पोर्टस् क्लब र सशत्र प्रहरी बल (एपिएफ)ले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रकाशित: २९ पुस २०७४ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App