coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छ महिनादेखि बाँधिएकी गर्भवतीको उद्दार

उदयपुर– घरमै ६ महिनादेखि बाँधेर राखिएकी यहाँकी एक गर्भवती महिलाको स्थानीय अधिकारकर्मीहरुले उद्दार गरेर उपचारार्थ अस्पताल भर्ना गरेका छन्। मानसिक सन्तुलन गुमाएका कारण परिवारबाटै बाँधेर राखिएकी ५ महिनाकी गर्भवती सृजना कार्की (खड्का) को गैरसरकारी संस्था महासंघ उदयपुरले उद्दार गरी बुधबार उपचारार्थ जिल्ला अस्पताल उदयपुर भर्ना गरेको हो।

त्रियुगा नगरपालिका ५ भातिखर्कस्थित आप्mनै घर पछाडि बाँसको टाटीमा बाँधेर राखिएकी उनलाई महासंघकी अध्यक्ष महेश्वरी राईसहितको अधिकारकर्मी टोली पुगेर त्रियुगा नगर प्रहरीको सहयोगमा उद्दार गरी अस्पताल भर्ना गरिएको हो। २२ वर्षीया सृजनालाई अहिले जिल्ला अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार सुरु गरिएको छ। तर, विरामी भएको धेरै दिन भएको तथा गर्भवती पनि भएकाले राम्रो प्रबन्धसहित उपचार अघि बढाउन बाहिर पठाउने पहल थालिएको उनले बताइन् ।

गर्भवतीजस्तो सम्बेदनशील अवस्थाकी महिला उपचार अभावमा परिवारबाटै बाँधिएर बस्नु अत्यन्त दुःखद् भएको भन्दै अध्यक्ष राईले सबै गैसस मिलेर उनको उपचार गर्न खर्च जोहो गर्नेतर्फ छलफल अघि बढाएको बताएकी छन्। उनका अनुसार महिलाको उद्दार गरी अस्पताल लगेलगत्तै बसेको महासंघको बैठकमा संकलन भएको १२ हजार रुपैंयाले हेटौंडास्थित एक पुनस्र्थापना केन्द्रसम्म लाने व्यवस्था मिलाइँदै छ।

‘अहिले जे जति खर्च जुटेको छ,’ त्यसबाट हेटौंडा पठाउदै गर्छौं’ उनले भनिन्, ‘उनको उपचार हुँदै गर्छ, विस्तारै अरु खर्च जोहो गर्ने अभियानमा हामी लाग्नेछौं।’

छ महिनादेखि लगातार बाँधेर राखिएकी उनको शरिरभरी गहिरो घाउचोट लागेको छ। खुट्टाको घाउ निकै ठूलो र गहिरो गरी पाकेको छ भने बिभिन्न भागमा घाउ खटिरा लागेको उपचारमा संलगन स्वास्थ्यकर्मीले बताएका छन् । सिन्धुली लदाभिर माइती रहेकी सृजनाको ०७० फागुनमा मनोज खड्कासँग परम्परागत बिबाह भएको परिवारले जनाएको छ। तर, बिहे गरेको केही समयदेखि नै मानसिक सन्तुलन गुम्न थाले थालेपछि उनलाई ०७१ जेठमा उपचारार्थ पाटन अस्पताल लगेर उपचार गरिएको भए पनि ठिक नभएको ससुरा भीमबहादुरले बताए।

गर्भवती भएको दुई महिनामै श्रीमान् २४ वर्षीय मनोज भने घर छाडेर सम्पर्कविहीन भएका छन्। मनोज हिडेपछि श्रीमान् खोज्न भन्दै दिनदिनै घर छाडेर हिड्न थालेपछि बाध्य भएर परिवारले दाम्लोले बाँधेर राख्नुपरेको सासु ससुराको भनाइ छ। खाटमाथि राखेर बाँसका टाटीमा दुबै हात पछाडि बाँधेर राख्दा स्वास्थ्यस्थिति झन् बिग्रेको अनुमान अस्पतालले गरेको छ। गर्भवती अवस्थामा सन्तुलित आहार र तनावमुक्त भएर बस्नुपर्ने अवस्थामा बाध्य भएरै बाँधेर राख्नुपरेको खड्काले बताए।

‘उसै पनि मानसिक सन्तुलन गुमेको छ, त्यैमाथि छोराले छाडेर बेपत्ता भो,’ बृद्ध ससुरालाई उद्धृत गर्दै उद्दार टोलीले भन्यो, ‘दिनैपिछे घर छाडेर हिडेको हिड्यै गरेपछि बाध्य भएर बाँधेर राखेका हौं।’ परिवारका अनुसार उनलाई भेट्न माईतीपक्षबाट पनि अहिलेसम्म कोही आएका छैनन्।

थप उपचारका लागि अस्पतालले पुन ल्याउन भनेको भए पनि आर्थिक अभावका कारण लान नसकेको खड्काले बताएका छन्।

परिवारबाटै बाँधिएकी ५ महिने गर्भवति सृजना। उनको उद्दार गरी गाईघाटमा उपचार भरहेको छ। तस्विरः महेश्वर

 

प्रकाशित: २६ श्रावण २०७३ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App