भारतद्वारा पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण

शुक्रबार, २८ पुष २०७४, २१ : ५४ नागरिक

नयाँ दिल्ली –  भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको बताइएको छ।

ती रकेटमा भारत बाहेकका अरु विभिन्न छ वटा देशका भूउपग्रह पनि रहेका समाचारमा जनाइएको छ। यो अन्तरिक्षयान नक्साङ्कन र चित्राङ्कन गर्ने खालको हो। भारतीय सरकारको मातहतमा रहेको अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ।

मुख्यरूपमा पृथ्वीको अवलोकन गर्ने बताइएका ती भू–उपग्रह संयुक्त राज्य अमेरिका, क्यानेडा, दक्षिण कोरिया, ब्रिटेन, फ्रान्स र फिन्ल्याण्डका पनि रहेका छन्।

भू–उपग्रहलाई पृथ्वीको अवलोकनका अतिरिक्त सञ्चार सम्पर्कका लागि पनि तिनको प्रयोग गरिने प्राप्त समाचारमा जनाइएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस प्रक्षेपणको सफलता भारतका लागि एउटा गौरवपूर्ण उपलब्धि हो भनेका छन्।

यसअघि पनि भारतले गत वर्षको फेब्रुअरी महिनामा पीएसएलवी–सी ३९ नामक मिसनको प्रक्षेपण विफल भएको थियो।

यस पटकको यो सफालताबाट समग्र देशबाशीमानै खुसी थपेको प्रतिक्रिया भारतीय प्रधानमन्त्री मोदीले दिए।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad