coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वडाध्यक्षमाथि हातपात गर्नेलाई मुद्दा

संखुवासभा – चिचिला गाउँपालिका १ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङमाथि हातपात गर्ने ३ जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

वडाध्यक्ष गुरुङ समेतले दिएको जाहेरीका आधारमा अनिल राई, तारा राई र पुजन राईविरुद्ध  ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। पुस २१ गते चिचिला गाउँपालिका १, २ र ३ नम्बर वडामा विद्युत विस्तारको विषयमा उनीहरुले वडाध्यक्ष गुरुङ र नारद राईमाथि हातपात गर्दै ढुंगा प्रहार गरेका थिए।

उनीहरुको आक्रमणमा परी गुरुङ र राई घाइते भएका थिए। सोभाङ्मामा विद्युत विस्तारको योजनामा उपभोक्ता समिति गठनको विषयमा विवाद भएपछि आक्रमण भएको वडाध्यक्ष गुरुङले बताए। उपभोक्ता समिति गठनका क्रममा गाउँपालिका अध्यक्ष पासाङ शेर्पा र कार्यकारी अधिकृत समेत उपस्थित थिए। आक्रमण पछि तीनै जना हालसम्म फरार छन्।

प्रकाशित: २८ पुस २०७४ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App