७ वैशाख २०८१ शुक्रबार
राजनीति

देउवाले भने– सहमति जुट्ला जस्तो छैन, तर प्रयास गरिरहेको छुँ

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन्।

नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन।’

उनले काठमाडौं फर्केर आफूले यी विषयमा पुनःसहमति जुटाउन पहल गर्ने र सहमति जुट्न नसके सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जानकारी दिए।

प्रधानन्त्री देउवाले राष्ट्रियसभाको चुनाव गराएर मात्र सरकार छोड्नुपर्ने परिस्थितिका कारण आफ्नो नेतृत्वको सरकार छोड्नमा ढिलाइ भएको स्पष्ट पारे। उनले भने, ‘आफू जतिसक्दो चाँडो सरकार छोड्न तयार रहेको छु।’

नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले सरकारबाट बाहिरिएपछि काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।

प्रकाशित: २८ पुस २०७४ १५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App