coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले-माओवादी कार्यदल ‘डाटा’ सहित बैठक बस्ने

काठमाडौं- नेकपा एमाले र नेकप माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सभा सरकार गठनबारे तयारी थालेको छ।

एमाले- माओवादी पार्टी एकता संयोजन समितिले राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा सहित सुझाव पेश गर्ने गरी कार्यदल गठन गरेको थियो।

एकता संयोजन समितिले दिएको जिम्मेवारीलाई पुरा गर्नेगरी तयारी थालिएको कार्यदलक सदस्य तथा माओवादी नेता मातृका यादवले बताए। ‘संयोजन समितिको निर्देशन अनुसार छलफल सुरु भएको छ’, यादवले नागरिक न्यूजसँग भने, ‘अवश्यक कागजता र डाटा सहित बैठक बसेर थप तयारी गर्दैछौं।’ कार्यदलका सबै सदस्य बैठकमा उपस्थित नभएकाले पुन: भोली बैठक बस्ने यादवले जानकारी दिए।

कार्यदलमा एमालेबाट सुभाषचन्द्र नेम्वाङ,  शंकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन र मात्रिका यादव सदस्य छन्।
शुक्रबारको बैठकमा एमालेका शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादीका बर्षमान पुन उपस्थित थिएनन्।

प्रकाशित: २८ पुस २०७४ १०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App