coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डोल्पाको काइके गाउँमा सोलारको उज्यालो

काठमाडौं-  डोल्पाको हिमाली क्षेत्रमा अवस्थित काइके गाउँपालिकाका जनप्रतिनिधिले सोलार जडान गरेर गाउँलाई झिलिमिलि पारेका छन्। जनप्रतिनिहरुले गाउँमा सोलार बत्ती पुर्‍याएसँगै गाउँपालिकाका एक सय घरधुरी झिलिमिलि बनेका हुन्।

विद्युत सेवा नभएको ठाउँका जनतालाई उज्यालो छर्नको लागि काठमाडौंमा आएर नेताहरुसँग सोलार माग गरि जडान गरेको गाउँपालिका वडा ७ का वडाध्यक्ष रामचन्द्र रोकायाले टेलिफोनमा जानकारी दिए। उनले आफ्नै पहलमा अहिले ७ वडाका प्रायः घरधुरी उज्यालो बनेको बताए। ‘हामीले लामो कसरत पछि आफ्नो क्षेत्रका जनतालाई उज्यालो दिन सकेका छौं,’ उनले भने, ‘मेरो मुख्य चुनावी अजेन्डा भएकोले पनि कैयौंपल्ट केन्द्रसम्म धाएर मैले सोलार जडानको काम सकाएँ।’ उनका अनुसार अहिले ५५ वाट क्षमता भएको सोलार एक सय घरधुरीलाई बाडिसकिएको छ भने अन्य घरधुरीमा पनि सोलार जडानको लागि पहल थालिएको छ। ‘यो क्षेत्रमा नत राम्रो टेलिफोन सेवा छ नत विद्युत नै । जेनतेत केन्द्रका नेताहरुलाई हारगुहार गरी सोलारसम्म जडान गर्‍यौं,’ उनले भने। वडाध्यक्ष रोकायाले अन्य गाउँपालिकामा पनि सोलार वितरणको काम अघि बढाउने जानकारी दिए।

उनका अनुसार डोल्पाको काइके र से–फोक्सुन्डो गाउँपालिकाका टेलिफोन सेवाले पनि राम्रोसँग काम गर्दैन। अझै पनि गाउँपालिकाका हजार घरधुरी दूरसञ्चार सेवाबाट बञ्चित छन्। गाउँमा टेलिफोन सेवा पुर्‍याउका निम्ति यसअघि धेरैपल्ट काठमाडौं पुगेको वडाध्यक्ष रोकायाले बताए। ‘गाउँमा टेलिफोन नहुँदा धेरै घटना भएका छन्,’ उनले भने, ‘सहज टेलिफोन सेवा पुर्‍याउन यसअघि सूचना तथा सञ्चार मन्त्रालय र नेपाल टेलिकममा दुईपटक ज्ञापनपत्र बुझाइसकेका छौं।’

सबैतिर सञ्चारको विकास भइसक्दा पनि डोल्पालीहरु गाउँमा केही घटना वा कार्यक्रमहुँदा कटुवालबाट थाहा पाउन बाध्य भएको नागरिक समाज डोल्पाका अगुवा ओम रोकाले जानकारी दिए। ‘सञ्चार सेवा नहुँदागाउँमा लुटपाट, चोरीका साथै ज्यानमार्नेसम्मका घटना भएका छन्,’ उनले भने, ‘गाउँमा सञ्चार सेवा छैन, प्रहरी पनि सदरमुकाममै सीमित छन्, गाउँमा घटना भए कसरी जानकारी गराउने?’

 

प्रकाशित: २८ पुस २०७४ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App