coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्यूव चढेर नदी तर्ने क्रममा एक बेपत्ता

खोटाङ – ट्यूव चढेर नदी तर्नेक्रममा खोटाङमा वडाध्यक्षको छोरा बेपत्ता भएका छन्। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको १४ वर्षीय छोरा किरण राई दुधकोसीमा बेपत्ता भएका हुन्। 

साथीहरुसँग माछा मार्नका लागि दुधकोसीमा गएका बेला ट्यूव चढेर नदी तर्नेक्रममा बिहीबार किरण बेपत्ता भएको प्रहरीले जनाएको छ। 

दुधकोसी र सुनकोसीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूव चढेर नदी तर्नेक्रममा राई बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनी नदीकोबीचमा पुगेपछि ट्यूवबाट पल्टिएर बेपत्ता भएका थिए । राई छुट्टीको समयमा दुधकोसीमा माछा मार्न पुगेका थिए।

बेपत्ताको खोजीका लागि प्रहरीचौकी च्यास्मीटारबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। 

प्रकाशित: २८ पुस २०७४ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App