७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पुटिनले गरे किमको प्रशंसा

मस्को – रूसी राष्ट्रपति भ्याल्दिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोन उनको प्रंशसा गरेका छन् ।
पुटिनले उत्तर कोरियाली नेता किमलाई विश्वका एक सर्वाेच्च नेता भन्दै किमको प्रशंसा गरेका हुन् ।

उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्धीपमा बढ्दै गएको तनाव हटाउनका लागि गरेको प्रयास निक्कै नै सराहनीय भएको पुटिनको दाबी छ ।

परमाणु हतियारमा सम्पन्न राज्य हुदाँहुँदै पनि उत्तर कोरियाले विश्व शान्ति स्थापनाको प्रयास गरेको पुटिनको दाबी थियो । दुई कोरियाबीच भएको उच्चस्तरीय वार्ता शान्ति स्थापनाको क्षेत्रमा एक सकारात्मक कदम भएको पुटिनको दाबी छ ।

गत मंगलबार उत्तर तथा दक्षिण कोरियाबीच उच्चस्तरीय भेटवार्ता भएको थियो । वार्ता आगामी फ्रेबुअरीमा दक्षिण कोरियामा हुन लागेको हिउँदे ओलम्पिकबारे केन्द्रित थियो ।
उत्तर कोरियाले हिँउदे ओलम्पिकमा सहभागी हुने  सहमती जनाएपछि दुई कोरियाबीच तनावग्रस्त रूपमा रहेको कुटनीतिक सम्बन्धमा सुधार आउने आंकलन गरिएको छ ।  
 

प्रकाशित: २८ पुस २०७४ ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App