काबुल घटनाको एनआरएनएद्वारा निन्दा

सोमबार, ०६ असार २०७३, १७ : ४४

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १४ जनाको ज्यान जानेगरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गरेको छ । संघका अध्यक्ष शेष घलेले सोमबार एक शोक बक्तब्य जारी गर्दै आतंककारी हमलामा बैदेशिक रोजगारीमा रहेका १४ जना नेपालीले ज्यान गुमाउँदा संसारभरी रहेका गैरआवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएको बताए ।

‘बैदेशिक रोजगारीका क्रममा हाल अफगानिस्तानमा रहनु भएका नेपालीमा सुरक्षा सावधानी अपनाउन तथा संकटको अबस्थामा एक अर्कालाई सहयोग गर्न हामी हार्दिक अनुरोध गर्दछौं’, अध्यक्ष घलेले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । संघले यस दुखद् घटनामा ज्यान गुमाउनेका परिवारप्रति समबेदना प्रकट गर्दै घाइते शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । अफगानिस्तान जस्ता उच्च सुरक्षा चुनौती रहेका स्थानमा नेपाली कामदार नपठाउन यसअघि संघले पटकपटक ध्यानाकर्षण गराउँदै आएको स्मरण गर्दै अध्यक्ष घलेले सुरक्षा जोखिम भएका मुलुकमा नेपाली कामदार पठाउने प्रकृया तत्काल बन्द गर्न र अफगानिस्तानमा कार्यरत नेपालीलाई सुरक्षित रुपमा घर फर्काउने वातावरण बनाउन नेपाल सरकारसमक्ष माग गरेका छन् ।






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad