coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

घरगोठ जल्दा दश लाखको क्षति

जितपुर –  यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा रु दश लाखभन्दा बढीको क्षति भएको छ। 

यहाँको विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई तातो बनाउनका लागि बालिएको आगो एक्कासि गोठमा सल्किदा फुसले छाएको कच्ची गोठ, गोठमा रहेका १३ बाख्रा, एक गोरु, आठ कुखुरा जलेर नष्ट भएका छन्। 

साथै, चारवटा गाई–गोरुसमेत जलेर घाइते भएका छन्। विकको घर, गोठ र चौपाया जलेर नष्ट हुँदा रु पाँच लाख दुई हजारभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए। 

यस्तै, शिवराज नगरपालिका–३, मधवाका रामप्रसाद विकको गोठमा दिउँसो आगो ताप्न बालेको आगो अचानक फुसले छाएको गोठमा सल्किदा फुसले छाएको दुईतले घर र गोठ जलेर नष्ट भएको छ। 

गोठमा भएका एक गोरु र पाँचवटा बाख्रा पनि जलेर मरेका छन् भने एक गाई जलेर घाइते भएको छ। आगलागीबाट घरगोठ, अन्नपात, कत्ताकपडा, चौपाया जलेर नष्ट हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। 

दुवै स्थानको आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।

प्रकाशित: २८ पुस २०७४ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App