coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाली काँग्रेसका नेता माझीको निधन

राजविराज- नेपाली काँग्रेसका निष्ठावान् नेता एवम नेवि संघबाट यहाँको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्ववियूका पूर्वसभापति राजविराज नगरपालिका–३ निवासी शशीकुमार माझीको बिहीबार असामयिक निधन भएको छ ।

काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका उहाँको भारतको दरभङ्गास्थित पारस अस्पतालमा उपचारका क्रममा निधन भएको काँग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवले राससलाई बताइन् ।

५८ वर्षीय माझी केही समययता मिर्गौलाको रोगबाट पीडित थिईन्   । २०३९ सालमा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेवि संघबाट सभापति पदमा उनी निर्वाचित भएकी थिइन् ।

जिल्ला खेलकुद विकास समिति, सप्तरीको अध्यक्षसमेत भइसकेका माझीलाई काँग्रेसको झण्डा ओढाएर विहिबार श्रद्धाञ्जली अर्पण गरियो । उहाँको हिजै साँझ राजविराजमा दाहसंस्कार गरियो । माझीका दुई छोरा, एक छोरी र पत्नी हुन् ।
 

 

प्रकाशित: २८ पुस २०७४ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App