coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिसोबाट सप्तरीमा थप तीन र कपिलवस्तुमा एकको मृत्यु

राजविराज – अत्यधिक चिसोका कारण सप्तरीमा विहीबार साँझ तीन जनाको मृत्यु भएको छ।

छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ। यससँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।

कपिलवस्तुमा थप एकको मृत्यु

यस्तै, अत्यधिक चिसोका कारण बुधबारराति कपिलवस्तुमा थप एक जनाको मृत्यु भएको छ।

अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर कपिलवस्तु नगरपालिका–६ सौरहवा निवासी ६५ वर्षीय वृज मोहन थारुको मृत्यु भएको हो। आफ्नै घरमा सुतेका थारुको कठ्याङ्ग्रिएर ज्यान गएको वडा प्रहरी कार्यालय तौलिहवाका प्रहरी नायब निरीक्षक सन्त पछाइले जानकारी दिए।

योसँगै कपिलवस्तुमा चिसोका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ।

प्रकाशित: २७ पुस २०७४ १६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App