रौतहट – झण्डै तीन सातादेखि एक्कासी बढेको चिसोको कारण तराई मधेसका जिल्लाको जनजीवन अस्तव्यस्त हुन थालेपछि थप जनधनको क्षति हुन नदिन हाँस्य कलाकार धुर्मुस सुन्तलीले न्यानो बाँड्न थालेका छन्।
पश्चिमा चिसो वायुसँगै एक्कासी बढेको चिसोले सर्वसाधारणको ज्यान जान थालेपछि थप जनधनको क्षति हुन नदिनको लागि कलाकारद्वय धुर्मुस र सुन्तलीले पीडितको दैलोमै पुगेर न्यानो कपडा बाँड्न थालेका हुन्।
प्रदेश नम्बर २ को बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लाहरूमा बसोवास गरिरहेका अधिकांश पीडित परिवारको घर दैलोमा सार्वजनिक कार्यक्रमको आयोजना गरी न्यानो कपडा बाँड्न थालेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ।
कलाकारद्वय रौतहटको चन्द्रपुर स्थित सन्तपुरमा नमुना बस्ती निमार्णको कार्यलाई समेत निरन्तरता दिँदै तराईका शीतलहर पीडितहरूलाई न्यानो कपडा बाँड्न व्यस्त देखिएका छन्।
उनीहरूले बिहीवार चन्द्रपुर नगरपालिकाको डुमरिया स्थित एकसय दलित, विपन्न परिवारलाई कम्वल वितरण गरेका छन्। प्रदेश नम्बर दुईको आठ वटै जिल्लाका अति गरिव तथा विपन्न अधिकांश मुसहर बस्तीमा पुगेर कम्बल वितरण गरेको हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले बताए।
जनकपुर लगायत विभिन्न शहर तथा बजारहरूमा चिसोको समयमा सडक किनारमा रात बिताउनेहरूलाई समेत कम्बल वितरण गरेका छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत