८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारत, रुस र चीनसँग सहकार्य राम्रो कुरा हो : डाेनाल्ड ट्रम्प

वाशिंटन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्ति राष्ट्रसँग सहकार्य जारी राख्ने बताएका छन्। उनको यो भनाई मस्कोसँग सम्बन्ध सुधार्ने प्रयासको आलोचना गर्नेहरूको लागि जवाफका रुपमा आएको हो।

‘भारत, रुस र चीनजस्ता विश्वकै शक्ति राष्ट्रसँग सहकार्य गर्नु नराम्रो कुरा होइन्’, ट्रम्पले विहीबार ह्वाइट हाउसमा नर्वेका प्रधानमन्त्री अर्ना सोलबर्गसँगको संयुक्त पत्रकार सम्मेलनमा सम्वाददाताहरूसँग भने– ‘शक्ति राष्ट्रहरूसँग काम गर्नु राम्रो कुरा हो, हाम्रो सहकार्य जारी रहन्छ।’ 

उनले यो सहकार्य सबैभन्दा मजबुद सेना, विशाल तेल–ग्यास र अधिक उर्जाका लागि आवश्यक भएको स्पष्ट पारे। ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो गर्न सक्दैनन्’, उनले भने, ‘यो सहकार्य उत्तर कोरियाविरुद्ध निकै महत्वपूर्ण थियो, जो अमेरिकाको एक समस्या हो।’ 

उनले उत्तर कोरियाको समस्याबारे चीनसँग मिलेर काम गरिरहेको जानकारी दिँदै भने– ‘हामी अन्य देशसँग पनि काम गरिरहेका छौं र मलाई लाग्छ कि हामी सौहार्दपूर्ण सहकार्यमा छौं।’

प्रकाशित: २७ पुस २०७४ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App