७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा २३ विद्रोही मारिए

जलालावाद – अफगानिस्तानको नानगाहार प्रान्तमा बुधबार राती भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ जना विद्रोही मारिएका छन्। 

भिडन्तका क्रममा सुरक्षाकर्मीहरूले अन्य १४ जनालाई पक्राउ समेत गरेको प्रान्तीय सरकारले बिहीबार जानकारी दिएको छ। 
तालीवान लडाकूहरूको अखडा मानिने सुर्दोङमा बुधबार राती सुरक्षाकर्मीहरूले विषेश सुरक्षा कारबाही चलाएका थिए, त्यस क्रममा २३ जना लडाकूहरु मारिएका छन् भने १४ जनामा पक्राउ परेका छन्, प्रान्तीय सरकारले निकालेको विज्ञप्तिमा उल्लेख छ। 

मरिएका मध्ये क्वारी इदयतुल्लाह, खालिद, क्वारी खालिद र इस्माइल गरी चार जना विभागीय कमाण्डर समेत रहेका छन्। 
सुरक्षाकर्मीहरुले तीन ओटा ठूला सवारी साधन, चार ओटा मोटरसाइकल, केही विस्फोटक पदार्थ र हातहतियारहरू समेत नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २७ पुस २०७४ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App