coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रिय परिचय–पत्र वितरण तयारी अन्तिम चरणमा

प्रतिनिधिमूलक चित्र

पाँचथर– लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचय पत्र वितरणको तयारी तिव्र बनाइएको छ । पूर्वको पाँचथर जिल्लाबाट परिचयपत्र वितरण गर्नका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयत्रप व्यवस्थापन केन्द्रले तयारी तिव्र बनाएको हो ।

सरकारले  पूर्वको पाँचथर र सिंहदरवारका कर्मचारीहरुबाट सुरु गर्ने अनुरुप वितरणका लागि प्रचारात्मक कार्यक्रम अघि बढाइएको छ । केहि दिन देखि विवरण संकलनका लागि समन्वय बैठक तथा प्रचारात्मक कार्यक्रम अघि बढाइएको केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले जानकारी दिए । पाँचथर र सिंहदरवाट पहिलो चरणमा वितरण गर्ने निर्णय भएपनि पाँचथरवाट थाल्नेगरी काम अघि बढाइएकको उनले जानकारी दिए । अन्य कुरा यथावत रहे माघ महिना भित्रमा विवरण संकलन गरी फाल्गुनवाट कार्ड वितरण गर्ने गरी योजना अघि बढाइएको  सुवेदीले बताए । स्थानिय तहका पदाधिकारीहरु तथा अन्यसरोकावारलाहरुसँग समन्वय बैठक राखिसकिएको उनले जानकारी दिए ।  सिहंदारवारका कर्मचारी भन्दा आमनागरिकबाट वितरण थाल्नका लागि तयारी भएको सुवेदीले बताए । पाँच बर्षभरी देशभरी वितरण गर्ने लक्ष राखिए अनुसार पहिलो चरणमा दुई ठाँउमा वितरण गर्न लागिएको हो ।

नागरिकता प्राप्त गरेकालाई  परिचय पत्र वितरण गरिने छ । १ लाख १० हजार पाँचथर र ७ हजार सिंहदरबारबाट वितरण हुनेछ । एडिविको ऋण सहयोगमा परिचय पत्र बितरणको काम अघि बढाइएको हो । पहिलो चरणमा ४ दशमल ८ मिलियन अमेरिकी डलर ऋण सहयोग एडिविको हुने बताईएको छ ।

२०६६÷०६७ यता राष्ट्रिय परिचय पत्रका वितरण गर्ने भनिएपनि यस बर्षदेखि वितरण गर्न लागिएको हो । २०७१ पछि   मन्त्रिपरिषद बैठकबाट परिचयपत्र वितरणको कार्य थालनि गर्ने तीन पटक वितरण गरेको थियो । छिमेकी भारत, पाकिस्तान, बंगालादेश र श्रीलंकामा यस्तो परिचयपत्रको प्रचलन छ ।  नागरिकता प्राप्त गरेकालाई  परिचय पत्र वितरण गरिने छ । १ लाख १० हजार पाँचथर र ७ हजार सिंहदरबारबाट वितरण हुनेछ । एडिविको ऋण सहयोगमा परिचय पत्र बितरणको काम अघि बढाइएको हो । पहिलो चरणमा ४ दशमल ८ मिलियन अमेरिकी डलर ऋण सहयोग एडिविको हुने बताईएको छ । यहि बर्षको अन्तसम्ममा पहिलो चरणको वितरण सक्ने योजना रहेको छ ।

परिचयपत्रका लागि फ्रान्सको सफरान आईडिटीले ठेक्का पाएको छ । निर्वाचन आयोगमा रहेका मतदाता नामावालीको विवरणलाई आधार बनाईने छ । गाँउ गाँउमा क्याम्प राखि परिचयपत्रको विवरण संकलन गर्ने तयारी भएको छ नाम, जन्ममिति, वाबुआमाको नाम, बायोम्याट्रिक्स (औठा) छाप सहितको विवरण भएको परिचय पत्र वितरण हुनेछ । स्मार्ट कार्ड जस्तो परिचय पत्र  वितरण हुने छ । अनलाईनमा रिड गर्ने गरीको डिजिटल परिचयपत्र वितरण हुने छ । नगारिकताको विवरण समाविष्ट डिजिटल कार्ड बनाईने बताइएको छ ।

सवै विवरण अनलाईन मार्फत हेर्न, जुटाउन उपयुक्त हुने किसिमले परिचयपत्र वितरण गर्न लागिएको हो । अनलाइन  डाटावेसमा काम हुने बताइएकाको छ । यसको सर्भर गृहमन्त्रालयमा हुने छ । सुरुवातमा सफरानको सहयोग लिने र पछि आफै गर्ने योजना भएको बताइएको छ । जिल्लाको एक नगरपालिका र सात गाँउपालिकामा स्थलगत विवरण संकलन गरी कार्ड वितरण गरीने प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवि हुमागाईले बताईन् । यहाँ सकंलन गरेको विवरण अनलाईन मार्फत नेपाल सरकारको डाटा वेसमा रेकर्ड हुनेछ । कार्ड प्रिन्ट गर्नलाई केन्द्रमा मेसिन राखिएको छ  ।

प्रकाशित: २७ पुस २०७४ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App