coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीबाट २ करोड ३१ लाख ४४ हजारको क्षति

डोल्पा - मुडकेचुला गाउँपालिकाको वडा नं–९ मा पर्ने होर्त गाउँमा बुधवार साँझ भएको भीषण आगलागीबाट २ करोड ३१ लाख ४४ हजार भन्दा बढीको क्षति भएको छ ।

भीषण आगलागीबाट वडा नं –९ होर्त गाउँमा संगै जोडिएर रहेका ८ घर र प्राचीन महत्व बोकेको पाँच सय वर्ष पुरानो मष्टा भवानीको मन्दिर समेत गरि नौ वटा भवन पुर्णरुपमा ध्वस्त भएका हुन् । आगलागीबाट होर्त गाउँका नन्द कुमारी बुढा, सुन्द्रा बुढा,पिपला रोकाया,पम्फा बुढा राम बहादुर बुढा,शान्ति बुढा दलजित बुढा र कर्ण बहादुर बुढाको गरि ८ घर र प्रशिद्ध भवानी मष्टाको प्राचीन महत्व बोकेको पाँच सय वर्ष पुरानो मन्दिर समेत भग्नावशेष भएको र मन्दिरमा रहेका बहुमुल्य धातुका मुर्तिहरु समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

आगलागी भएको मुडकेचुला गाउँपालिकामा पर्ने होर्त गाउँ सदरमुकाम दुनैदेखि डेढ दिनको पैदल दुरीमा पर्छ । बुधवार साँझ ५ बजे भएको भीषण आगलागी नियन्त्रणको लागि वडानं –७ सर्मिमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक लक्षीराम सुवेदीको कमाण्डमा सुरक्षाकर्मी र ठुलो संख्यामा स्थानीय वासिन्दा परिचालन गरि बिहिवार बिहान ६ बजे १४ घन्टा पछि आगो नियन्त्रणमा लिएर निभाउन सफल भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका निमित्त प्रमुख तथा प्रहरी निरिक्षक यमबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन ।प्रहरी र स्थानीय बासिन्दाको अथक प्रयासमा १४ घन्टा पछि आगो निभाउन सफल भएपनि गाउँ र घरहरु नजिक घाँस र खरहरु राखिएकाले आगो नियन्त्रणमा ल्याउन हम्मे हम्मे परेको थियाे  । 

आगलागी  कसले गरायो भन्ने पुष्टी भइ  नसकेको र अनुसन्धान जारी रहेको पनि प्रहरी निरिक्षक मल्लले बताए । आगलागीबाट होर्त गाउँका ८ घरका १९ परिवार घरवार बिहिन भएकाले उनीहरुको ब्यवस्थापनको लागि सहयोग गरि दिन सरोकारवाला निकायहरुलाई वडानं ९ होर्तका वडाअध्यक्ष प्रसाद बुढाले आग्रह समेत गरेका छन् ।

प्रकाशित: २७ पुस २०७४ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App