६ वैशाख २०८१ बिहीबार
खेल

रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

स्पेन – रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा नुमान्सियासंग २–२ को बराबरी खेलेपनि समग्रमा ५–२ को जितसँगै म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

म्याड्रिडका लागी लुकास भाज्क्वेजले खेलको १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको  ४५ औं मिनेटमा नुमान्सियाका फर्नान्डेज हिईरोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको ५९ औँ मिनेटमा लुकासलेनै व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिले पुःन अग्रता लियो । तर खेलको ईन्जुरी समयमा नुमान्सियाका फर्नान्डेजे ब्याक्तिगत दोस्रो गोल गरेपछि खेल बराबरीमा ल्याए । खेलको ९० औं मिनेटमा काल्भो सान्रोम्यान रातो कार्ड खादै मैदानबाट बाहिरिदा नुमान्सिया केहि समय १० खेलाडीमा समेटिएको थियो ।

सो खेलमा रियलका क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्सेलो तथा करिम बेन्जिमाले भने खेलेका थिएनन् । पहिलो लेगमा रियलले नुमान्सियालाई ३–० ले पराजित गरेको थियो ।

यसैबिच बुधबार रातिनै सम्पन्न अन्य खेलमा  भिल्लारियलले लेगानेसलाई २–१ तथा एलाभेसले फोर्मेन्तेरालाई २–० ले पराजित गरेका छन । भिल्लारियलसँग पराजित भएपनि लेगानेस अवे गोलका आधारमा अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै समग्रमा ५–१ ले विजयी भएसँगै एलाभेसले पनि अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

 

 

 

प्रकाशित: २७ पुस २०७४ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App