coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

वृत्तचित्रमा तारुकाको गोरु जुधाई

काठमाडौं – नुवाकोटको तारुकामा सय वर्षअघिदेखि माघे संक्रान्तिका दिन वर्षेनी आयोजना हुँदै आएको गोरू जुधाउने जात्राबारेको वृत्तचित्र ‘गोरु जुधाई मेला’ निर्माण गरिएको छ ।

सामुदायिक सेवा केन्द्र, नुवाकोटले निर्माण गरेको वृत्तचित्रको निर्देशन शशी लुमुम्बू र श्रीराम श्रेष्ठले गरेका छन् ।३० मिनेटको वृत्तचित्रमा गोरु जुधाई जात्राको सुरुवात, ऐतिहासिक पक्ष, जात्रा आयोजना, गोरु जुधाउने विधि र प्रक्रियासँगै गोरु जुधाईको रोचक दृश्य देखाइएको छ । निर्देशक लुमुम्बुका अनुसार स्पेनको बुलफाइटको झझल्को दिने यस गोरु जुधाई जात्रा तथा मेला तारुकाको मात्रै नभएर नेपालकै ऐतिहासिक र मौलिक परम्परा हो ।

‘मेलाको संरक्षण र जगेर्नामा टेवा पुर्याउन पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याउने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको हो,’ उनले भने, ‘वृत्तचित्र गोरु जुधाउने जात्राको अवसर पारेर सार्वजनिक प्रदर्शन गरिनेछ ।’ वृत्तचित्रमा अशोककुमार बस्नेत, गणेश हुमागाईं र कञ्चन पोखरेलको छायांकन तथा शशीकै लेखन छ ।

 

प्रकाशित: २७ पुस २०७४ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App