७ वैशाख २०८१ शुक्रबार
खेल

महिलातर्फ पश्चिमाञ्चल सेमिफाइनलमा

काठमाडौं – राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आर्मी र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको समूह ‘ए’ को लिगमा आर्मीले नेपाल प्रहरीलाई ९५–७० ले पराजित गर्दै समूह  विजेता बन्यो । आर्मीको जितमा रविन खत्रीले २९ अंक जोडे । प्रहरी पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो ।

समूह ‘बी’ को लिग खेलमा मध्यमाञ्चलले एपिएफ क्लबलाई ८२–७५ ले हरायो । जितसंगै मध्यमाञ्चल समूह विजेता भयो । मध्यमाञ्चलका लागि राजीव जोशीले २९ स्कोर गरे । हारका बावजुद एपिएफ उपविजेताका हैसियतले सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । सेमिफाइनलमा आर्मीको भेट एपीएफसंग हुनेछ भने मध्यमाञ्चलले प्रहरीको सामना गर्नेछ ।

महिलामा पूर्वाञ्चललाई ५३–४७ ले पाखा लगाउँदै पश्चिमाञ्चल सेमिफाइनलमा पुग्ने अन्तिम टिम बन्यो । समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको पश्चिमाञ्चलको जितमा लिमा पुनले १९ अंकको योगदान गरिन् । सेमिफाइनलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल मध्यमाञ्चल र आर्मीबीच हुनेछ ।
 

प्रकाशित: २७ पुस २०७४ ००:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App