coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निःशुल्क स्वास्थ्य बीमाको मागसहित नेविसंघको हस्ताक्षर अभियान

काठमाडौं– नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको लागि सरकारलाई दबाब दिन बुधबारदेखि त्रिभुवन विश्व विद्यालयसहित देशरभरका सम्पूर्ण शैक्षिक संस्थाबाट विद्यार्थीहरुको हस्ताक्षर संकलन सुरु गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

उनका अनुसार मन्टेश्वरीदेखि विश्वविद्यालयसम्मका करिब ८० लाख विद्यार्थीको हक हितका लागि यो अभियान सुरु गरिएको हो। संकलित हस्ताक्षर माघ २८ गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयमा बुझाइने छ।

माग सम्बोधन नभए माघ ५ गतेदेखि अनशन बस्ने नेविसंघका नेताहरुले चेतावनी दिएका छन्। ‘यो नेविसंघको मात्रै माग नभई देशका सबै विद्यार्थी र उनीहरुका अभिभावक समेतको हो। यसपालीको मिसन सरकारलाई बाध्य बनाएर हाम्रा माग पूरा गर्नु हो’, अध्यक्ष महरले भने।

नेविसंघले सरकारको लगानीमा निःशुल्क स्वास्थ्य बीमा गर्नुपर्ने, देशभरका विद्यालयमा इ–लाईबेरीको व्यवस्था गर्नुपर्ने, प्राविधिक विद्यालयको स्थापना गर्नपर्ने लगायतका माग राखेको छ।

संघले यसअघि ७२ घण्टाभित्र माग सम्बोधन गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बझाइसकेको छ।

प्रकाशित: २६ पुस २०७४ १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App