coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीले उद्धार गरेका वालवालिका अभिभावकले बुझेनन्

जुम्ला- लामा भाषा सिकाउने भन्दै भारतको हिमाञ्चल प्रदेश तर्फ लैंजादै गरेका वालवालिकाको जिल्ला प्रहरी कार्यालय जुम्लाले उद्धार गरेपनि अभिभावकले बुझ्न मानेका छैनन्। प्रहरीले मंगलवार सदरमुकाम खलंगादेखि भारत जाँदै गरेका २० जना वालवालिकाको उद्धार गरेको थियो। वालवालिकालाई भारत लैजाने कुनै आधार नभएको भन्दै कुडारी प्रहरीचौकीले जिल्ला प्रहरी कार्यालयको समन्वयमा वालवालिकाको उद्धार गरेको हो। वालवालिकालाई भारत लिएर जाँदै गरेका पातारासी गाउँपालिका ३ का छिरिङ तुण्डुक तामाङ र कार्मा तामाङलाई प्रहरीले निन्त्रणमा लिइएको थियो।

उनीहरुविरुद्ध अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। तर अभिभावकलाई बोलाएर वालवालिका भारत लैजाँदै गरेको बारेमा जानकारी गराउँदा वालवालिका बुझ्न मानेन। पातारासी ३ का अभिभावक तिल वहादुर बोहोराले वालवालिका भारत लगेकोप्रति कुनै पछुतो नभएको बताए। उनका अनुसार यसअघि पनि पटकपटक वालवालिका भारत लिएर लामा भाषा पढाउँदै आएकोले आफुहरुलाई कुनै चिन्ता नभएको बताए। अभिभावकले वालवालिकालाई प्रति व्यक्ति ५ हजार रुपैया बाटो खर्च समेत उपलव्ध गराएका छन्। उनले भने,' वालवालिका सुरक्षित हुनेछन, पढेलेखेर ठूलो बन्ने छन, भन्ने मनासयले हिमाञ्चल पठाउन लागेका हौ, हामी ठगिएका छैनौ, विगतमा गएका वालवालिकाको अवस्था हेर्दा अहिले पठाएका हौ।' तिल वहादुरले भने, 'वालवालिकालाई भारत पठाउनको लागि चाहित आवश्यक कागजात सवै वनाउन तयार छौ।'

उनले आफुले पठाईसकेको वालवालिकालाई कुनै पनि हालतमा घर फर्काएर नलिने बताए। उनले भने, 'हामी भारतमै गएर पुरयाउन सक्छौ, घर फिर्ता गर्न सक्दैनौ।' २० जना वालवालिकाका सवै जसो अभिभावकले जिल्ला प्रहरी कार्यालय जूम्लामा आएका थिए। प्रहरी निरीक्षक चुडामणी पुनले वालवालिका भारत लिने कुनै पनि आधार नभएकोले यो अवैधानिक हुने बताए।

'लामा भाषा पढाईदिने भनेर अभिभावकलाई ढुक्क बनाएर उनीहरुले वालवालिकालाई भारत लैजान लागेका रहेछन', प्रहरी निरिक्षक पुनले भने, 'शंकास्पद अवस्थामा फेला पारेपछि वालवालिकाको उद्धार गरिएको हो।' प्रहरीमा अनुसन्धानमा रहेका दुवै जनाले दिइएको वयानमा हिमाञ्चल प्रदेशमा रहेका लामाको समन्वयमा वालवालिकालाई भारत लैजान लागिएको पत्ता लागेको छ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले आधार विना भारत लैजाँदै गरेकाहरुको अनुसन्धान नहुँदासम्म वालवालिकालाई अभिभावकको जिम्मा लगाईदिने तयारी भईरहेको छ।

प्रकाशित: २६ पुस २०७४ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App