८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनसँग नजिक हुन खोज्दै म्याक्रोन, ट्रम्पलाई काउन्टर

बेइजिङ – फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन हाल तीन दिने भ्रमणका लागि चीनमा छन्। भ्रमणका क्रममा दुबै देशको सम्बन्ध अझै सशक्त रुपमा अघि बढाउने आशासहित उनले चिनियाँ नेताको मन जित्ने हरसम्भव प्रयास गरेका छन् । किनकि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर राष्ट्रवादसँग संघर्ष गरिरहेका छन्।

यसका लागि उनले प्राचीन सिल्करोडको प्रारम्भिक विन्दु उत्तरी शहर सिआनबाट भ्रमण सुरु गरे। सडक, रेल तथा समूद्रको सञ्जालमार्फत् यूरोप र एसियालाई जोड्न सिल्क रोड (जसलाई ‘वन वेल्ट, वन रोड’ पनि भनिन्छ)को योजना अघि सारेका चिनियाँ राष्ट्रपति सी जीनपिङको भावनाप्रति सांकेतिक समर्थन जनाउँदै म्याक्रोनले सिआनबाट भ्रमण गरेका हुन्। यसमा यूरोपले भाग लिनुपर्ने भन्दै उनले भविष्यमा फ्रान्स, यूरोप र चीनको सहकार्य हुनुपर्नेमा जोड दिए।

त्यसक्रममा उनले चीनसँगको सम्बन्ध विस्तारमा जोड दिँदै सहकार्यका लागि कम्तीमा बर्षको एक पटक चीनको भ्रमण गर्ने पनि बताए। त्यसपछि चीनको पहिलो सम्राटप्रति सम्मान व्यक्त गर्न उनले एक प्राचिन राजधानीको भ्रमण गरे।

म्याक्रोन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको बैठकमा ट्रम्पमा तर्फबाट तीव्ररुपमा फेरिएको अमेरिकाको विश्वदृष्टि बारेमा गम्भीर छलफल भयो। उनीहरुले खुला व्यापारको आवश्यकतामा जोड दिँदै संरक्षणवादविरुद्ध आफूलाई उभ्याएका छन। साथै संयुक्त राष्ट्रसंघजस्तै बहुपक्षीय मान्यता पाएका संस्थाहरुको प्रशंसा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन।

साथै उनीहरुले जलवायु परिवर्तनको सामना गर्न एकसाथ काम गर्ने महत्वलाई जोड दिए। किनकि संयुक्त राज्य अमेरिका ग्रीनहाउस ग्यासको उत्सर्जन कम गर्ने विश्वव्यापी प्रयासबाट पछि हटेको छ।

म्याक्रोनले अमेरिकाले जलवायुबारे पेरिस सम्झौताबाट पछिहट्ने निर्णयसँगै ओझेलमा परेको जलवायु प्रदुषणको प्रभावको न्युनिकरण मुद्दालाई यूरोप र चीनले मिलेर अघि बढाउनुपर्ने बताए। सोमबार चीनको मण्डारिनबाट संक्षिप्त प्रतिक्रिया दिँदै म्याक्रोनले आफ्ना इच्छदाहरु दोहोर्याउँदै हिडेका ट्रम्पको आलोचना गर्दै ‘हाम्रो ग्रहलाई एकपटक फेरि महान बनाउने समय आयो’ भनेका छन्।

यस्तै, चिनियाँ राष्ट्रपति सीले बेइजिङस्थित ग्रेट हलबाट मंगलबार सम्बोधन गर्दै बहुपक्षीय संरक्षणको इच्छालाई जोड दिए र एउटा खुला विश्व अर्थव्यवस्था आवश्यक रहेको बताए। यसरी दुई देश विश्वव्यापी साझा मुद्दामा एक भएर अघि बढ्न सहमत भएका छन्। यसलाई धेरैले ट्रम्प र अमेरिकालाई काउन्टर दिएको संकेतका रुपमा हेरेका छन्।

प्रकाशित: २६ पुस २०७४ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App