७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

माघे संक्रान्तिलाई तरुल (फोटो फिचर)

सर्लाही- माघे संक्रान्तिका लागि तरुल खन्न सर्लाहीका किसानलाई भ्याई नभ्याई भएको छ। जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा पर्ने कर्मैया, शंकरपुर, राजघाट, बरहथवा लगायत स्थानमा तरुल खेती हुने गरेको छ। सातायता उक्त क्षेत्रका किसान तरुल खनेर खेतमै व्यापारीलाई विक्री गर्न अथवा आफै काठमाडौं, पोखरा लगायत प्रमुख शहरहरुमा लैजान व्यस्त बनेका छन्। उक्त क्षेत्रमा सातायता खेतहरुमा जताततै तरुल खनेको दृष्यमा मात्र देखिन्छ।

‘किसानसँग किनेर दुई ट्रक तरुल पोखरा पठाईसके’, कर्मैयाको जिरायतमा मंगलबार ट्रकमा तरुल लोड गराउँदै गरेका बरहथवाका व्यापारी सुरेन्द्र रामले नागरिकसँग भने, ‘संक्रान्ति अघि जति बढी पठायो, उति चाँडो विक्री हुन्छ ।’ १० कठ्ठामा लगाएको तरुल मध्ये ५ कठ्ठाको केही दिन पहिला तथा ५ कठ्ठामा उत्पादन भएको तरुल मंगलबार व्यापारीलाई दिएको शंकरपुर टेकानीका किसान कान्छा लामाले बताए।

व्यापारीहरुले खेतमै आएर तरुल प्रति किलो २५ रुपैंयाको दरले किसानसँग किन्ने गरेका छन् । कुनै वर्ष ३६ रुपैंयासम्म किलोको पाएका किसानले यसवर्ष भने २५ रुपैंया मात्र पाएका छन्।

उक्त क्षेत्रमा २ सय विगाह भन्दा बढी क्षेत्रफलमा तरुल खेती हुने गरेको छ । प्रति विगाह १० मेट्रिक टनसम्म फल्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App