कारवाहीमा दश जना तालिबान मारिए

बुधबार, २६ पुष २०७४, १६ : २७ नागरिक

काबुल - अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको सुरक्षा कारवाहीमा दश जना तालिबान आतङ्ककारी मारिएका छन् ।

पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको अखडालाई लक्ष्य गरेर गरिएको कारबाहीका क्रममा कम्तीमा दशजना तालिबान लडाकू मारिएका प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत २४ घण्टाभित्र जारी कारबाहीका क्रममा ती लडाकू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा मङ्गलबार बिहानबाट बुधबार बिहानसम्म हवाई कारबाहीसमेत गरिएको जनाइएको समाचारमा उल्लेख छ ।

यसै महिनाको सुरुबाट नान्र्गाहार प्रान्तको खोगीआनी जिल्लामा आतङ्ककारी विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेका बताइएको छ ।

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा छ आतङ्ककारी मारिएका छन् ।

सुरक्षाबलले तालिवान आतङ्ककारी समूहले लुकेर बसेका अखडा लक्षित हवाई कारबाही गरेको थियो । यस सुरक्षा कारबाहीको सैनिक प्रवक्ता नसरातुल्लाह जमसिदीले बुधबार जानकारी दिनु भएको छ । रासस







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad