coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको भूमिका स्वागतयोग्य : दक्षिण कोरिया

वासिङटन– कोरियाली प्रायद्वीपमा बढ्दो तनावपूर्ण स्थिति सुल्झाउनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खेलेको भूमिकालाई दक्षिण कोरियाले स्वागत गरेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इनले दुई कोरियाबीच भएको उच्चस्तरीय वार्ताको जस अमेरिकी राष्ट्रपति ट्रम्पलाई दिँदै कोरियाली प्रायद्वीपमा भएको तनावपूर्ण अवस्था हटाउनका लागि राष्ट्रपति ट्रम्पले खेलेको भूमिका महत्वपूर्ण भएको बताए ।

मंगलबार उत्तर तथा दक्षिण कोरियाबीच उच्चस्तरीय भेटवार्ता भएको थियो । भेटवार्ता आगामी फेब्रअरीमा दक्षिण कोरियामा हुन लागेको हिउँदे ओलम्पिक बारे केन्द्रित थियो ।

भेटवार्ता पश्चात् उत्तर कोरियाले ओलम्पिकमा सहभागी हुने प्रतिबद्धता जनाएको थियो । सन् २०१५ पश्चात्  दुई कोरियाबीच भएको उक्त  उच्चस्तरीय भेटवार्ताको श्रेय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जाने दक्षिण कोरियाली राष्ट्रपति इनको दाबी छ ।

अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको विभिन्न प्रकारका नाकाबन्दीका  कारण मात्रै यो सम्भव भएको दक्षिण कोरियाली राष्ट्रपतिको दाबी थियो । नाकाबन्दीका कारण उत्तर कोरिया लचक भएको उनको बताए ।

उत्तर कोरियाले गरेको मिसाईल परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव श्रृजना भएको थियो ।
संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुत पनि उत्तर कोरियाले मिसाईल परीक्षणलाई निरन्तरता दिदै आइरहेको थियो । उत्तर कोरियाको उक्त गतिविधिका कारण उत्तर कोरिया विश्वको एक साझा समस्याका रुपमा देखा परेको छ ।

प्रकाशित: २६ पुस २०७४ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App