८ वैशाख २०८१ शनिबार
समाज

जमिन भासिँदा विस्थापित परिवार समस्यामा

बैतडीको तल्लादेही–८ मा जमिन भासिँदा घर भत्केपछि बिद्यालयमा आश्रय लिइ बसेका बिस्थापित परिवार । तस्विरः बिरा गडाल

बिरा गडाल
बैतडी–बर्षाले जमिन भासिँदा बैतडीको तल्लादेही–८ डाँडा खालीका ५२ परिवार समस्यामा छन्। विस्थापित परिवार बिद्यालयमा आश्रय लिएर बसेका छन्। तीनदिनदेखि लगातारको बर्षाले जमिन भासिएपछि सिंगो गाँउ जोखिममा परेको हो। डाँडाखालीको जमिन चिरा पर्दै करिब डेढ फिट भासिएर तल सरेपछि स्थानीय त्रसित भएका हुन्। शुक्रबार राति जमिन भासिएपछि अहिले उनीहरु स्थानीय विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। माथिबाट आएको पहिरोले चार जनाको घर पूर्णरुपमा क्षति भएका छन भने बाँकी रहेका घरपरिवार पनि जमिन सुरक्षित स्थानतर्फ जान थालेका छन्।

पाँच दिनदेखि विद्यालयमा बस्दै आएका केही परिवार लोखाडी प्रावि डाँडाखालीमा बसिरहेका छन् भने अन्य परिवार सुरक्षित वासस्थानको खोजीमा रहेको स्थानीय रनबहादुर बोहराले बताए। उनले भने, ‘जमिन भासिँदा घर छोडेका स्थानीय त्रसित बनेका छन्।’ बिस्थापित परिवारको विजोग भएको बोहराले बताए।

विद्यालयको चिसो भुईँमा सुत्दा बालबालिका बिरामी पर्न थालेको विस्थापितले बताएका छन्। विस्थापित परिवार दिउँसो घरमा आएपनि बेलुका घरमा बस्न सकेका छैनन्। राति सुरक्षित आश्रयको लागि बिद्यालयमा बस्ने गरेको उनीहरुले बताएका छन्।

 

प्रकाशित: २६ श्रावण २०७३ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App