८ वैशाख २०८१ शनिबार
समाज

निर्वाचन अायाेगलाई कानुनी अप्ठ्याराे परे डा.केसीसँग सोध्नु: अोली

तस्विर: रासस

काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धन टुटाउन अनेक कोणबाट षडयन्त्र भइरहेको बताएका छन् । 
उपचारका लागि बुधवार बैंकक जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै ओलीले जो जस्ले षडयन्त्र गरेपनि पार्टी एकता दुई साता भित्रै हुने जानकारी दिए । 

ओलीले भने, ‘निर्वाचन आयोग विभिन्न प्रकारका दवावबाट व्ल्याकमेलिङ भएको सुनिन्छ । कति साँचो हो उहाँहरुले जान्नुपर्दछ । अथवा यदि उहाँहरुलाई कानुनी कुरामा नै अप्ठ्यारो लाग्यो भने गोविन्द केसीसँग सोधेपनि हुन्छ । गोविन्द केसीले धेरै कुरा फटाफट भनिराख्नु भएको छ।’

ओली बैंकक जानुअघि बुधवार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग कुराकानी भएको थियो र दुवै अध्यक्षले पार्टी एकता कार्यदलको बैठक सञ्चालन गर्न निर्देश गरेका थिए । 
एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले निर्वाचन नतिजा सार्वजनिक नगरेकोमा पनि कटाक्ष गरे । ओलीले भने, ‘निर्वाचन आयोग विभिन्न प्रकारका दवावबाट व्ल्याकमेलिङ भएको सुनिन्छ । कति साँचो हो उहाँहरुले जान्नुपर्दछ । अथवा यदि उहाँहरुलाई कानुनी कुरामा नै अप्ठ्यारो लाग्यो भने गोविन्द केसीसँग सोधेपनि हुन्छ । गोविन्द केसीले धेरै कुरा फटाफट भनिराख्नु भएको छ।’
दश वर्ष अगाडि मृगौला प्रत्यारोपण गरेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका हुन् । ओलीसँग श्रीमती राधिका शाक्य, भतिजा राजेश शाक्य, डा. दिव्या सिंह, डा. यादव भट्ट र स्वकिय सचिव राजेश बज्राचार्य पनि बैंकक गएका छन् । ओली माघ २ गते स्वदेश फर्किनेछन् ।

 

प्रकाशित: २६ पुस २०७४ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App