सवारी साधन भाडामा लिई ठगी गर्ने दुईजना पक्राउ

बुधबार, २६ पुष २०७४, १५ : १५ नागरिक

काठमाडौँ (रासस)- विभिन्न व्यक्तिको सवारी साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने दुई जाना उपक्राउ परेका छन्।

सो घटनामा संलग्न काठमाडौं तारकेश्वरका शिवहरि कार्की र बालाजु माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो।

काठमाडौं पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल सप्लायर्स’को नाममा उनीहरुले तीन विभिन्न व्यक्तिबाट प्रतिसवारी साधन रु एक लाख पाँच हजार रकम दिने भनी तीन वटा कार सम्झौता गरेर भाडामा लिएका थिए।

करार बमोजिम सवारी साधनको मासिक भाडा नदिई दुई वटा कार बेवारिसे छाड्नुका साथै एउटा कार लुकाएर भागेकाले यसबाट आफ्नो रु ३७ लाख ३५ हजार ठगी भएको भन्दै पीडितले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए।

उजुरीका आधारमा उनीहरुलाई भक्तपुर कटुञ्जेबाट पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप गरिएको महाशाखाले जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरुले टोखा बस्ने एक महिलासँग रु ३५ लाख लिई रकम नभएको बैंक खाताको चेक दिएको, सिन्धुपाल्चोक चौताराका एक व्यक्तिबाट २०७४ साल वैशाखमा मासिक भाडा रु एक लाख दिने सहमतिमा लिई स्कर्पियो गाडी ल्याई काठमाडौँ हाँडीगाउँका दीपक बस्नेतलाई जेठ महिनामा रु २९ लाखमा बिक्री गरेको समेत खुलेको प्रहरीले जनाएको छ।

यसैगरी धादिङका एक व्यक्तिबाट २०७४ साल असारमा एउटा कार मासिक रु ७५ हजारमा भाडा दिने गरी लगी सवारी साधनसहित सम्पर्कविहीन भएको, धनकुटाका एक व्यक्तिबाट समेत २०७४ साल कात्तिकमा स्कर्पियो कार मासिक रु एक लाख भाडा दिने गरी लिई सम्पर्कविहीन भएको उजुरीसमेत प्रहरीमा परेको छ।

उनीहरुले अन्य व्यक्तिलाई पनि ठगी गरेको भन्ने बुझिएकाले पीडितलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ।

निजहरुउपर मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र बिगो भराई बिगो बमोजिम जरिवाना हुनसक्ने बताइएको छ।
 

 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad