coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया उत्तरसँग वार्ताका लागी तयार

सोल- दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले  दुई कोरियाको सम्बन्धमा सुधार हुन्छ भने  उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताएका छन् ।

 हाल कोरियाली प्रायद्वीपमा देखिएको अशान्तिको अवस्थामा सुधार हुन्छ  भने  वार्ताका लागी उनी तयार छन् ।

 एक वर्ष  अगाडी मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मुनले नयाँ वर्षका अवसरमा अर्थात् गत जनवरी १ मा दिएकाे शुभकामना सन्देशमा पनि उनी सम्बन्ध सुधारका लागि कोरियाली सम्मेलन कोरिया समिटकाे  आयोजना गर्न सुझाव दिएका छन्  ।

उनले अहिले नै दुई कोरियाको उच्च तहमा वार्ता गरी आवश्यक सम्बन्ध सुधारका साथै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि प्रयास गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ता मङ्गलबार दक्षिण कोरियामा  भएपछि राष्ट्रपति मुनको यो धारणा आएको हाे।

 लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेकाे दुई कोरियाबीच  दुई वर्षपछि मङ्गलबार पहिलो पटक उच्चस्तरमा औपचारिक वार्ता  भएको हो ।

 वार्तापछि  सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति इनले जोड दिएका हुन् ।

मङ्गलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको हाे।

उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू फेबु्अरीमा हुन लागेको सो शीतकालीन ओलम्पिकमा सहभागी हुन पठाउने भएको जनाएको हो । दुई वर्षपछि भएको  मङ्गलबारको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको बताइएको छ ।

मङ्गलबार भएको छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा  कुराकानी भएको थियो । छलफलका विषयवस्तुहरुको सीमितता रहेको दक्षिण कोरियाको भनाई छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा प्रसंग उठेपनि त्यसमा कुनै निर्णय नभएको र उत्तर कोरियाली वार्ता प्रतिनिधिले यस विषयमा आफूहरुले कुनै निर्णय दिन नसक्ने बताएका थिए ।

 

प्रकाशित: २६ पुस २०७४ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App