५ वैशाख २०८१ बुधबार
अर्थ

उखुखेतीतर्फ आकर्षित हुँदै किसान

भीमदत्तनगर – कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ। 

जिल्लाको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन्। 

कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बैवाह, झिलमिला, खैरिघाट, भुडा, कलकत्ता, बेलौरी, पुनर्वास र शंकरपुरका सयौँ किसान अन्य खेती लगाउन छोडेर उखुखेती गरिरहेका छन्। 

नौ वर्षदेखि उखु खेती गर्दै आएका बेल्डाँडी गाउँपालिकाका मानबहादुर चौधरीले अन्य बालीनाली भन्दा उखुबाट पर्याप्त आम्दानी गर्न सकेको बताए। 

“उखुखेती एक पटक र धान, गहुँ खेती पाँच पटक गर्नु एउटै हो”, उनले भने, “नगदे बालीतर्फ किसानको आकर्षण बढेको छ।” 

केही वर्षयता आफ्नै घरमा समेत गुड उत्पादन गरिरहेका चौधरी दैनिक तीन क्विन्टलसम्म गुड उत्पादन गर्दै आएको बताउनुभयो । गुड प्रतिकिलो रु ५५ का दरले बिक्री भइरहेको छ । उनले १० बिगाहमा उखुखेती गरेका। 

उखुखेतीबाट ६ महिनामा रु २० लाखदेखि रु २४ लाखसम्म आम्दानी हुने गरेको किसान बताउँछन्। जिल्ला कृषि विकास कार्यालयका प्रमुख देवीदत्त कलौनीले पछिल्लो समय जिल्लामा उखुखेती फस्टाएको बताए। उनले उखुखेतीतर्फ किसान आकर्षित भइरहेको बताए। 

“कञ्चनपुरमा सात प्रतिशतले उखुखेती बढेको छ”, उनले भने, “स्थानीयस्तरमा चिनी मिल सञ्चालनमा आएपछि किसान थप उत्साहित भएका छन्।” 

प्रकाशित: २६ पुस २०७४ ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App