७ वैशाख २०८१ शुक्रबार
समाज

महिला नेत्री बुढाथोकीको निधन

 झापा - झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्री कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ ।

आज बिहान निजी निवास भद्रपुर–८ मा ८८ वर्षको उमेरमा उनकाे निधन भएको हो । स्व बुढाथोकीले बहुदल आएपछि झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी  स्थानीय पत्रकार गोपाल गिरीले जानकारी दिए ।

झापाली महिलामा जागरण ल्याउन उनकाे महत्वपूर्ण भूमिका रहेको  गिरीकाे दाबी छ ।

कुन्तीदेवीका पिता रणकेशर  बुढाथोकी  प्रजातान्त्रिक आन्दोलनका सेनानी हुन् । रणकेशर नेपाली काँग्रेसकी नेत्री हुन् । कुन्तीदेवीका तीन छोरी छन् ।

प्रकाशित: २६ पुस २०७४ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App