८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

हूस्सूका कारण रेल तथा हवाई सेवा अवरुद्ध

नयाँ दिल्ली – बाक्लो हुस्सुका कारण भारतको राजधानी नयाँ दिल्लीमा रेल तथा हवाई सेवा अवरुद्ध भएकाे छ ।
 गत सातादेखि लागेको बाक्लो हूस्सूको कारण  बुधबार ६५ रेल सेवा प्रभावित भएका छन् । त्यसमध्ये २२ रेल सेवामा ढिलाई गरिएको  थियो  भने ४० स्थगित गरिएको थियो ।

भारतको राजधानी नयाँ दिल्ली र यस वरपरका क्षेत्रमा लागेको बाक्लो हूस्सूको मात्रा नघटेको तथा अझै बढ्दै गएका कारण विमान तथा रेल सेवा अवरुद्ध भएको अधिकारीहरुको दाबी छ ।

गत सातादेखि लागेको हुस्सुको मात्रा अझै पनि घट्न सकेको छैन । हुस्सुका कारण भारतको इन्दिरा गान्धी विमानस्थलका विमान सेवा तथा विभिन्न रेल सेवा अवरुद्ध हुन पुगेका छन् ।

मौसमविद्हरुका अनुसार नयाँ दिल्लीमा तापक्रमको मात्रा तथा हुस्सुको मात्रामा थपघट भइरहेको छ । भारतमा डिसेम्बर र जनवरीमा हुस्सु निरन्तरमा लाग्ने गरेको छ ।
सवारी दुर्घटना हुन सक्ने जोखिमका कारण सेवा अवरुद्ध गरिएको हो ।

 

प्रकाशित: २६ पुस २०७४ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App