८ वैशाख २०८१ शनिबार
राजनीति

ओली र दाहालद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

फाेटाे: दीपेश श्रेष्ठ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान कार्यदललाई तत्काल काम अगाडि बढाउन निर्देशन दिएका छन् । कार्यदलका सदस्यहरुलाई तत्काल काम सुरु गर्न निर्देशन दिएको जानकारी कार्यदलका सदस्य शंकर पोखरेलले दिएका थिए ।

प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने नेकपा एमालेका अध्यक्ष ओलीले निर्देशन दिएको उनले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जादैंछन् । उनी दिउँसो १ः ५५ मा थाई एयरवेजबाट बैंकक जादैंछन् ।

उनी श्रीमती राधिका शाक्यसहित भतिजा राजेश शाक्य, चिकित्सकहरु डा. दीव्या सिंह र यादव भट्ट र स्वकीय सचिव राजेश बज्राचार्यसहितको टोली दिउँसो १ः ५५ मा बैंकक उड्दैछन् । मिर्गौला प्रत्यारोपण ओली नियमित स्वास्थ्य परीक्षणको लागि बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउदैंछन् । उनी माघ २ मा स्वदेश फर्कने कार्यक्रम रहेकोछ ।

प्रकाशित: २६ पुस २०७४ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App