८ वैशाख २०८१ शनिबार
समाज

ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ – रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। 

गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा मोटरसाइकल चलाउँदै गर्दा ट्रकमा ठोक्किएर मृत्यु भएको जानकारी दिए। 

ट्रकमा ठोक्किएका मोटरसाइकल चालकको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर न्यूरोडमा मृत्यु भएको थियो। 

प्रकाशित: २६ पुस २०७४ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App