coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

काराबाओ कपमा म्यानचेस्टर सिटी विजयी

इङ्ल्याण्ड – सर्जियो अग्युइरोले इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा विजयी भएको छ । 

आफ्नै मैदानमा मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले च्याम्पियनसिप क्लब ब्रोस्टोल सिटीलाई २–१ ले पराजित गरेको हो ।  

खेलको ४४ औँ मिनेटमा बबी रेइडले पेनाल्टीमा गोल गरेपछि ब्रिस्टोलले अग्रता लिएको थियो । तर ५५ औँ मिनेटमा सिटीका केविन डि ब्राउनले गोल गरेपछी खेल १/१ को बराबरीमा आएको थियो । त्यसपछि निर्धारित समयसम्म बराबरी रहेको खेलमा इन्जुरी समयमा अग्युइरोले उत्कृष्ठ गोल गरेपछी सिटी विजयी भएको हो । 

दुई टोलीबीचको दोस्रो लेग जनवरी २३ मा ब्रिस्टोलको मैदानमा हुँनेछ । प्रतियोगिताअन्तर्गत सेमिफाइनलको अर्को खेलमा आज राति चेल्सी र आर्सनल भिड्नेछन् ।

 

प्रकाशित: २६ पुस २०७४ ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App