काठमाडौं – एइसीसी ग्लोबलले अष्ट्रेलियन शैक्षिक मेला आयोजना गर्ने भएको छ । अष्ट्रेलियन डेकोमा अवसरमा हुने सो मेला काठमाडौं, चितवन र पोखरामा आयोजना गरिन लागेको हो । काठमाडौंमा ३० कोर्षका प्रदायक र पोखरा तथा चितवनमा भने ११ कोर्ष प्रदायकको सहभागिता रहने छ ।
नेपालमा आयोजना हुने ठूलो अष्ट्रेलियन एजुकेशन फेयरका रूपमा लिइने मेलामा काठमाडौंमा एक हजार र चितवन तथा पोखरामा ३ सय ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहनेछ । मेला जनवरी १६ तथा १८ र १९ मा आयोजना हुनेछ ।
मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत महामहिम पिटर बडले गर्ने जानकारी दिइएको छ । कम्पनीले वर्षमा दुई पटक आयोजना गर्दै आइरहेको छ ।
‘हामीले विद्यार्थी तथा तिनका अभिभावकले प्रत्यक्ष अष्ट्रेलियन कोर्ष प्रदायकलाई भेटी भर्ना, छात्रवृत्ति तथा भिसा डकुमेन्टेसनसँग सम्बन्धित आफ्नो जिज्ञासा मेट्ने तथा जानकारी लिने अवसर प्रदान गर्ने सोचका साथ वर्षको दुई पटक आयोजना गर्दै आइरहेको छौं,’एईसीसी ग्लोबलका शैलेशकुमार झाले भने, ‘विद्यार्थीले विश्वविद्यालयसम्म पुग्न नसक्ने अवस्थामा हामी विश्वविद्यालयलाई नै विद्यार्थी सामू ल्याउने हर सम्भव प्रयास गर्छौं ।’
प्रकाशित: २६ पुस २०७४ ०३:२७ बुधबार