एमाले-माओवादी एकताका लागि कार्यदल गठन

बुधबार, २६ पुष २०७४, ०८ : ४६ नागरिक

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्र एकता संयोजन समितिको मंगलबारको बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोटका लागि कार्यदल बनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन भएपछि मात्र संघीय संसद्को निर्वाचनले पूर्णता पाउने छ । संसद्ले पूर्णता पाएपछिमात्र नयाँ सरकार गठनको बाटो खुल्नेछ ।  
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रदेश सरकार गठन, राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयनसहितका विषयमा गृहकार्य गर्न ६ सदस्यीय  कार्यदल बनाएको हो । सरकारले माघ २४ मा राष्ट्रियसभा निर्वाचन मिति तोकेको छ । सात प्रदेशमध्ये ६ मा वाम गठबन्धनले सरकार बनाउन बहुमत पाएको छ । तर कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने र सहभागिताबारे निर्णय हुन सकेको छैन । कार्यदलले यस विषयमा पनि अध्ययन गरेर सुझाव दिनेछ ।
कार्यदलमा एमालेबाट सुवासचन्द्र नेम्बाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् ।
‘प्रदेश सरकार गठन, राष्ट्रियसभा सदस्य निर्वाचका लागि  उम्मेदवार चयन गर्न र संघीय संसद्लाई पूर्णता दिन कार्यदल बनाएका छौं’, एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘पार्टी एकता छलफल सकारात्मक दिशामा अघि बढेको छ । अब एकता प्रक्रियालाई तीव्र पाने छौं ।’ नेपालले दुवै दलबीच छलफललाई तीव्र बनाउने सहमति भएको बताए ।  
एमाले अध्यक्ष ओली उपचारका लागि बुधबार बैंकक जाँदैछन् । उनी बैंकक गएका बेला पनि दुवै पार्टीका नेताहरूबीच एकता गृहकार्य तीव्र पार्ने निर्णय भएको छ । तर एकता समितिको बैठक भने ओली थाइल्यान्डबाट फर्केपछि मात्रै बस्नेछ । ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाने उनको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा चुनावपछि मंगलबार पहिलो पटक एकता संयोजन समितिको बैठक बसेको हो । बैठकले पार्टी एकतामा कुनै विवाद र विमति नरहेको भन्दै छिट्टै एकता प्रक्रिया टुंग्याउने निष्कर्ष निकालेको छ ।
बैठकले एकीकृत पार्टीको संगठन संरचना निर्माण तथा वैचारिक विषय निर्धारण गर्न दुई छुट्टाछुट्टै कार्यदल बनाउने निर्णय गरेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए । ‘कार्यदलमा को–को रहने भन्ने टुंगो संयोजन समितिको अर्को बैठकले लगाउनेछ,’ खनालले भने, ‘पार्टी एकता हुँदैन कि भन्ने चिन्ता गर्ने अवस्था छैन ।’
आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सानो कार्यदल निर्माण गरेर एकीकृत पार्टीको विचार र संगठनबारे टुंगो लगाउने सहमति भएको थियो । समितिको बैठकमा पार्टी एकताका लागि वैचारिक र सांगठानिक कार्यदल गठन गर्ने कार्यसूची रहे पनि थप गृहकार्य गरेर अर्को बैठकमा कार्यदल गठन गर्ने समझदारी भएको छ ।
एकता संयोजन समितिमा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा  र ईश्वर पोखरेल छन् ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad