coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कालिकालाई साढे ३७ लाख नाफा

रसुवा – रसुवाको उत्तरगया गाउँपालिकामा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाले ३७ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ ।

जिल्लाको तल्लो क्षेत्रमा कारोबार गर्दै आएको सहकारीले ३७ लाख ५५ हजार नाफा आर्जन गरेको हो । जिल्लामा पछिल्लो समय घाटा बेहोर्नु पर्दा बन्द हुने क्रम बढिरहेको भएपनि केही सहकारी राम्रैसँग सञ्चालन भइरहेका छन् ।

व्यवस्थापनमा उचित ध्यान नदिँदा बन्द हुने क्रम बढेपनि कालिका सहकारीले भने नाफा आर्जन गर्दै गएको छ । सहकारीले अहिले १० करोड रुपैयाँ बराबरको कारोबार गरिरहेको छ । सहकारीमा अहिले दुई हजार ४७ जना सेयर सदस्य रहेका छन् ।
२०५३ मा ग्रामीण तहमा छरिएर रहेको पुँजी एकत्रित गरी कारोबार सुरु गरेको सहकारीले आगामी वर्ष सेयर पुँजी ९० लाख रुपैयाँ पु¥याउने लक्ष्य राखेको छ । अर्काे वर्ष चार करोड ७० लाख बचत गर्ने तथा ४८ लाख ६४ लाख रुपैयाँ नाफा आर्जन गरिने संस्थाका सचिव टंकप्रसाद पौडेलले बताए ।
 

प्रकाशित: २६ पुस २०७४ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App