७ वैशाख २०८१ शुक्रबार
कला

‘पुस्तक र चित्र’ को प्रदर्शनी

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २ सय ९६ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘पुस्तक र चित्र’ को प्रदर्शनी मंगलबारदेखि सुरु गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्तरूपमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको परिसरमा सुरु गरेको सो प्रदर्शनी आगामी माघ १० गतेसम्म सञ्चालन गरिनेछ ।
प्रदर्शनीमा विभिन्न कलाकारले सिर्जना गरेका २७ चित्र तथा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका विभिन्न शीर्षक र विधाका करिब ४ सय कृति राखिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजातलगायत साहित्यकारका कृतिसमेत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका चित्रमा कलाकारले प्रकृति, सौन्दर्यलगायत विषयलाई आधार बनाएर मूर्त, अमूर्त तथा यथार्थवादी चित्रण गरेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले राष्ट्रनिर्माता शाहको योगदानलाई स्मरण गर्दै उक्त प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकामा त्यसको निरन्तरता स्वरूप प्रदर्शनी पनि महत्वपूर्ण रहेको जानकारी दिए ।

बाइसे र चौबिसे राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका शाहले जित हासिल गरेपछि स्थानीय परम्परालाई स्वीकार गरेकाले साझा संस्कृतिका अभियन्ताका रूपमा आफूले पाएको उनले बताए ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले राष्ट्रनिर्माताका बारेमा जानकारी गराउन उनका योगदानलाई विद्यालय तहदेखिको पाठ्यक्रममा समावेश गरी अध्ययनअध्यापन गराउनुपर्नेमा जोड दिइन् ।  (रासस)
 

प्रकाशित: २६ पुस २०७४ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App