७ वैशाख २०८१ शुक्रबार
खेल

एक दिवसीय नेत्रहीन क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं – पाकिस्तानमा जारी पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ।

पाकिस्तानको जिन्नाह स्टेडियमा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो। नेपाल पाकिस्तानसँग टि–२० र एकदिवसीयमा पराजित हुँदै आएको छ।

त्यस्तै पाकिस्तानले सोमबार लाहोरमा भएको पहिलो खेलमा बंगलदेशमाथि ९ विकेटको जित निकालेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई २५९ रनको लक्ष्य दिएको थियो। जवाफी व्याटिङमा उत्रेको पाकिस्तानले १९ दशमलव १ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा ग-यो।

पाकिस्तानको लागि बदानर मुनिरले शतक प्रहार गरे। उनले ५९ बल खेलेर १२६ रन जोडे। त्यस्तै महसिन खान ७४ तथा आमिर अस्फाक ४६ रनमा अविजित रहे।

नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २५८ रनको योगफल बनाएको थियो। नेपालका लागि रमेशबहादुर बानियाले सर्वाधिक ५९ रनको योगदान दिए। यस्तै पदक बडैलाले ५०, बद्री चौलागाइले ४९, खिमानन्द गैरेले ३० तथा भरत थापाले ११ रनको योगदान दिए । नेपालले आफनो दोस्रो खेल बुधबार बंगलादेश खेल्नेछ।

प्रकाशित: २५ पुस २०७४ १६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App